स्थानीय तह निर्वाचनः
काठमाडौं महानगरमा एमाले र कांग्रेसको चुनाबी घरदैलो व्यापक बन्दै, माओवादी र नेकपा एस निश्क्रीय

काठमाडौं महानगरमा एमाले र कांग्रेसको चुनाबी घरदैलो व्यापक बन्दै, माओवादी र नेकपा एस निश्क्रीय


  • 10.3K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 15.9K Views

    काठमाडौं महानगरमा एमाले र कांग्रेसको चुनाबी घरदैलो व्यापक बन्दै, माओवादी र नेकपा एस निश्क्रीय

    काठमाडौं, २१ वैशाख । स्थानीय तहको निर्वाचनमा आफ्नो पकड बनाउन दलहरु मतदाताको घरघर पुगिरहेका छन् । पार्टीको झण्डा, घोषणापत्र, नमुना मतपत्रको साथमा पार्टीका गीतहरु घन्काउँदै कार्यकर्तासहित उम्मेदवारहरु भोट माग्न मतदाताको घरदैलोमा धाइरहेका छन् । 

    images

    देशको राजधानीको रुपमा रहेको काठमाडौं महानगरमा उम्मेदवार तथा दलहरुले चुनाबी प्रचारप्रसार कार्यलाई तिब्र रुपमा अगाडी बढाएका छन् । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले महानगरका मतदाताका घरघर पुगेर मत मागिरहेका छन् । यी दुई दल बाजागाजासहित मतदाताका घरघरमा पुग्ने काममा व्यस् त रहेका छन् । 

    काठमाडौं महानगरको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह मैदानमा छन् । महानगरको पहिलो महिला मेयर बनाउने भन्दै कांग्रेसका कार्यकर्ताहरु उनलाई अगाडी सारेर चुनाबी प्रचारप्रसार लाई व्यापक बनाएका छन् र । त्यस्तै गठबन्धनको तर्फबाट महानगरको उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ मैदानमा छन् । गठबन्धका मेयर र उपमेय चुनाबी घरदैलो अभियानमा लागेका छन् । औपचारिक कार्यक्रममा उनीहरु एकै ठाउँमा भएपनि मतदाताको घरघर पुग्ने र छुट्टा छुट्टै काममा भने उनीहरु बेग्लाबेग्लै हिडिरहेका छन् । गठबन्धको तर्फबाट मेयरमा उम्मेदवारी दिएको कांग्रेसले भने महानगरमा चुनाबी घरदैलो अभियानलाई आक्रमक ढंगबाट अगाडी  बढाइरहेको छ । 

    त्यस्तै काठमाडौं महानगरको मेयरमा नेकपा एमालेले पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य केशव स्थापितलाई अगाडी सारेको छ । उपप्रमुखमा भने एमालेले पूर्व मिस नेवा सुनिा डंगोललाई अगाडी सारेको छ । डंगोलले पहिले काठमाडौं महानगरको मेयरमा स्वतन्त्ररुपमा उठ्ने बताएपनि एमालेबाट उपमेयरमा उठेकी हुन् । एमालेले काठमाडौं महानगरमा जित हासिल गर्न चुनाबी प्रचारप्रसार तथा घरदैलो अभियानलाई निकै सक्रियताको साथ अगाडी बढाएको छ । प्रत्येक टोलटोलका आफ्नो कमिटीहरुलाई सक्रिय बनाएर एमाले तामझामका साथ चुनाबी प्रचारप्रसार अभियानमा होमिएको छ । चुनाबी घरदैलो अभियानमा मेयर र उपमेयरको उम्मेदवार पनि कार्यकर्ताको साथमा बाजागाजासहित हिडिरहेका छन् । 

    तर काठमाडौं महानगरमा कांग्रेस र एमालेबाहेकका दलहरु चुनाबी प्रचारप्रसार अभियानमा त्यति सक्रिय भएको देखिदैन । बरु स्वतन्त्र उम्मेदवार बालेन शाह लगायतका उम्मेदवारले आफ्नो चुनाबी अभियान कार्यलाई निकै जोड दिइरहेका छन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुले चुनाबी घरदैलो अभियानलाई काठमाडौं महानगरमा सक्रियताका साथ अगाडी बढाएको पाइदैन । उनीहरु झण्डा बोकेर, बाजागाजासहित चुनाबी घरदैलो कार्यक्रममा हिडेको देखिदैन । यस विषयलाई उनीहरुको काठमाडौं महानगरमा कम प्रभाव भएर तथा मुख्य पदमा उम्मेदवारी नभएको कारण निष्क्रिय रहेको भनि विश्लेषण गर्न थालिएको छ । 

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • पदम भुजेल
    लेखकबाट थप