• ट्रेण्डिङ्ग :
कांग्रेसबाट बागी उम्मेदवार बनेका र उम्मेदवारको प्रस्तावक र समर्थकहरू पार्टीबाट स्वत निलम्वन

कांग्रेसबाट बागी उम्मेदवार बनेका र उम्मेदवारको प्रस्तावक र समर्थकहरू पार्टीबाट स्वत निलम्वन


  • 8.4K
    SHARES
    • बैशाख २२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    कांग्रेसबाट बागी उम्मेदवार बनेका र उम्मेदवारको प्रस्तावक र समर्थकहरू पार्टीबाट स्वत निलम्वन

    काठमाडाैं,२२ वैशाख । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकाहरुलाई पार्टीबाट निस्काशन गरिएको जनाएको छ ।

    images

    उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारको पक्षमा सक्रिय भएर लाग्न अनुरोध गर्दा पनि अटेरी गरेका कारण कारबही गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    पार्टीका विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरुको प्रमाणित विवरणको प्रतिलिपी तत्काल केन्द्रमा पठाउन जिल्ला कार्यसमितिमा पठाउन कांग्रेसले निर्देशन पनि दिएको छ ।

    bagi-karbahi-congress.jpg


    तेस्रो आँखा
    लेखकबाट थप