• ट्रेण्डिङ्ग :
सत्ता गठबन्धनले काठमाडौंमा आज चुनावी सभा गर्दै

सत्ता गठबन्धनले काठमाडौंमा आज चुनावी सभा गर्दै


  • 8.2K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    सत्ता गठबन्धनले काठमाडौंमा आज चुनावी सभा गर्दै

    काठमाडौं, २३ वैशाख । पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त चुनावी आमसभा गर्दैछ । आज दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन्।

    images

    सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिए।

    यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप