सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप


  • 8.3K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

    काठमाडौं, २३ वैशाख । सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

    images

    बिहीबार राति ११ बजे एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो ।  एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा सिम्ला गाउँपालिका–५ का नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार उपेन्द्रसिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन् । 

    प्रहरीले झडपलाई सामान्य अवस्थामा ल्याउन दुई सेल अश्रु ग्याँस फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अहिले अवस्था सामान्य रहेको र घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप