सिर्जना सिंहले जितेकाे ६ महिनामा काठमाडौंको फोहोर व्यवस्थापन हुन्छ - प्रधानमन्त्री देउवा

सिर्जना सिंहले जितेकाे ६ महिनामा काठमाडौंको फोहोर व्यवस्थापन हुन्छ - प्रधानमन्त्री देउवा


  • 9.6K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    सिर्जना सिंहले जितेकाे ६ महिनामा काठमाडौंको फोहोर व्यवस्थापन हुन्छ - प्रधानमन्त्री देउवा

    काठमाडाैं,२३ वैशाख । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सिर्जना सिंह आएको ६ महिनामा काठमाडौंको फोहोर व्यवस्थापन हुने बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित सत्तारुढ पाँच दलिय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    ‘काठमाडौंको मेयर मा सक्षम महिला उम्मेदवार उठएका छौं,’ उहाले आफुले छ महिनामा फोहोर व्यवस्थापन गर्छु भन्नू भएको छ गर्नुहुन्छ ।’ सिर्जना सिंह लगायत गठबन्धनका उम्मेदवारलाई जतिाउन उनले आग्रह गरे ।  प्रधानमन्त्री देउवाले भने,‘काठमाडौंबासी जनताले जिताउनुस, उम्मेदवारले गरेका प्रतिवद्धता पुरा गराउने कुरामा नेपाली कांग्रेस लाग्ने छ म विश्वास दिलाउँन चाहान्छु । ’

    उनले एक्लै कसैको बहुमत न आउने भन्दै गठबन्धन अझै दशकौं अगाडी लानुपर्ने बताए ।  सिर्जना सिंह प्रकाशमानको श्रीमती मात्र हैन देउवाले थपे उनी महानगरपालिकालाई सुन्दर र हराभरा बनाउने प्रतिज्ञा गरेर लागेकी एक शशक्त र  योग्य महिला भएकोले उम्मेदवार बनाएका हौं ।’  राम्रो काम गर्नेलाई महिला भनेर वा कसैको आफन्त भनेर पछी पार्न नहुने उनको भनाइ छ  ।

    राम्रो काम गर्ने मान्छेलाई हरायो भने अन्तर्राष्ट्रिय जगतले के भन्ला भन्दै उनले राम्रो काम गर्ने मान्छेलाई पुरस्कार दिनुपर्ने ठाउमा टिकट दिनुहुन्न भन्न नहुने जिकिर गरे । गठबन्धनलाई सबैले मिलेर जिताउन उनले आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप