रोजेअनुसार चुनाव चिन्ह नदिएको  विवादमा पक्राउ परेका अशोक खड्का धरौटीमा रिहा

रोजेअनुसार चुनाव चिन्ह नदिएको  विवादमा पक्राउ परेका अशोक खड्का धरौटीमा रिहा


  • 7.4K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    रोजेअनुसार चुनाव चिन्ह नदिएको  विवादमा पक्राउ परेका अशोक खड्का धरौटीमा रिहा

    काठमाडौं,२४ वैशाख । निर्वाचन आयोगले आफूले रोजेअनुसार चुनाव चिन्ह नदिएको  विवादमा पक्राउ परेका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए ।

    images

    पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएको अटेरी अभियानका उम्मेदवारले सुरुमा लौरो चिन्ह रोजेका थिए । तर,  आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि खड्कासहितको टोलीले निर्वाचन अधिकृत कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए ।


    उनले चुनावी आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले भोलिपल्टै पक्राउ गरेको थियो । शुक्रबार उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ धरौटीमा रिहा गरिएको कास्की प्रहरीले जनाएको छ । जिल्ला अदालत कास्कीले खड्कालाई रिहा गर्न आदेश दिएको हो । अटेरीबाट उम्मेदवारी भने गनेश पौडेल रहेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप