दाइजो स्वरुप मोटरसाइकल माग्दा बेहुला प्रहरी हिरासतमा

दाइजो स्वरुप मोटरसाइकल माग्दा बेहुला प्रहरी हिरासतमा


  • 9.1K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    दाइजो स्वरुप मोटरसाइकल माग्दा बेहुला प्रहरी हिरासतमा

    काठमाडाैं,२४ वैशाख । बेहुली लिएर घरमा आउनुपर्ने बेहुला प्रहरी हिरासतमा पुगेका छन् । घटना झापाको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता वसन्त पाठकका अनुसार हिरासतमा रहेको बेहुला डेभिट चौधरी हुन् । 

    images

    उनी दाइजो स्वरुप मोटरसाइकल माग्दा हिरासतमा पुगेको पाठकले बताए ।  शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका–१५ को पुष्पलाल राजबंशीको छोरी ९बेहुली० लिन जन्तीसहित गएका थिए । 

    तर, दाइजो नदिए बेहुली नलाने भनेको खबरपछि गएको प्रहरीले चौधरीलाई पक्राउ गरिएको प्रवक्ता पाठकले बताए । चौधरीको घर झापा गाउँपालिकाको वडा नम्बर – ४ मा छ ।  प्रवक्ता पाठकका अनुसार उनीविरुद्ध दाइजोसम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ । 


    तेस्रो आँखा
    लेखकबाट थप