वडामासमेत एमालेसंग एक्लै लड्न नसकेर सत्तारुढ दलले गठबन्धन गरे- केपी ओली

वडामासमेत एमालेसंग एक्लै लड्न नसकेर सत्तारुढ दलले गठबन्धन गरे- केपी ओली


  • 8.8K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    वडामासमेत एमालेसंग एक्लै लड्न नसकेर सत्तारुढ दलले गठबन्धन गरे- केपी ओली

    काठमाडौं, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको टिप्पणी गरेका छन् । 

    images

    शनिबार इटहरी उपमहानगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वडामासमेत एमालेसंग एक्लै चुनाव लड्न नसकेर सत्तारुढ ५ दलले गठबन्धन गरेको ओलीले बताएका हुन् । उनले सत्तारुढ दलको गठबन्धनलाई टालाटुली बटुली बनाएको पुतलीजस्तो भनी टिप्पणी गरेका छन् ।

    सरकारमा बाँडीचुडी खान नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलले गठबन्धन गरेको उनको भनाइ छ । बाँडेर खाने उद्देश्यले बनाएको गठबन्धनलाई मत दिन नहुने ओलीको भनाइ छ । ‘गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा निर्भर गर्छ । म इटहरी विकासको जिम्मा लिन्छु । तपाईंहरू याम सुब्बा र सङ्गीता चौधरीलाई जिताएर देखाउनुस’, उनले भने ।

    एमाले अध्यक्ष ओलीले नेपाली काङ्ग्रेसको घोषणा पत्रमा मान्छे देखिने तर एमालेको घोषणा पत्रमा विकास देखिने बताए । सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका ओलीले खाएर, चुसेर ढाडिएकाहरुले गठबन्धन  गरेको टिप्पणी गरे । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई उनले कांग्रेसको जिउमा भन्किएका झिंगा धपाउने झम्के पछ्यौरी भएको आरोप लगाए ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप