• ट्रेण्डिङ्ग :
हरेक दुःखसुखमा जनताकै साथमा हुनेछु: श्रममन्त्री श्रेष्ठ

हरेक दुःखसुखमा जनताकै साथमा हुनेछु: श्रममन्त्री श्रेष्ठ


  • 4.4K
    SHARES
    • बैशाख २४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 6.8K Views

    हरेक दुःखसुखमा जनताकै साथमा हुनेछु: श्रममन्त्री श्रेष्ठ

    काठमाडौं, २४ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हरेक दुःखसुखमा जनताकै साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको भानु नगरपालिका–१० कोटसभामा आज आयोजित चुनावी सभामा श्रममन्त्री श्रेष्ठले आफू जनताकै प्रतिनिधि भएकाले जनताको दुःख, सुख र पीरमर्कामा आफू सदैव जनताकै पक्षमा रहने विश्वास दिलाए । 

    images

    श्रममन्त्री श्रेष्ठले जनताकै माया र समर्थनले प्रतिनिधिसभा सदस्य हुँदै मन्त्रीसम्म बनेको उल्लेख गर्दै भने, “मन्त्री भएर तनहुँको इज्जत राख्ने काम गरेको छु ।” मन्त्री श्रेष्ठले जिल्लाको विकासमा कसैलाई पनि भेदभाव नगरी काम गरेको बताए । मन्त्री श्रेष्ठले भानुका खानेपानी, सडक, पूर्वाधार निर्माणका लागि कामहरू भएको उनको भनाइ छ । 

    सानासाना विकासका योजना वडा र नगरपालिकाले गर्नुपर्ने र ठूला तथा दीर्घकालीन योजनालाई सङ्घीय सरकारले प्राथमिकता दिने मन्त्री श्रेष्ठको भनाइ थियो । नेकपा (एकीकृत समाजवादी) कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको भन्दै मन्त्री श्रेष्ठले देश विकास र समृद्धिका लागि कलम चिह्नमा मतदान गर्न आग्रह गरे ।

    कार्यक्रममा एकीकृत समाजवादीका तर्फबाट उपप्रमुखका उम्मेदवार श्रीराम पौडेलले समृद्ध भानु स् खुसी भानुवासी बनाउने लक्ष्यसहित आफू चुनावी मैदानमा होमिएको बताए । नगरवासीलाई सीपयुक्त बनाउन हरेक वडामा सीप केन्द्र स्थापना गर्ने योजना लिएको पौडेलले बताए ।  

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी

  • तेस्रो आँखा
    लेखकबाट थप