पाथीभरामा हेलिकाेप्टरमार्फत दर्शन गर्ने तीर्थयात्रीको संख्या बढ्दो

पाथीभरामा हेलिकाेप्टरमार्फत दर्शन गर्ने तीर्थयात्रीको संख्या बढ्दो


  • 9.1K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    पाथीभरामा हेलिकाेप्टरमार्फत दर्शन गर्ने तीर्थयात्रीको संख्या बढ्दो

    ताप्लेजुङ, १४ मंसिर । माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकाेप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयत्रीकाे संख्या बढेकाे छ ।

    images

    धरानको भेडेटारबाट दसैंयता ७० उडान (फ्लाइट) भएको छ । जसमा चार सय ५० जना तीर्थयात्री भेडेटारदेखि पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको धरान होलिडे ट्राभल एन्ड टुरका मार्केटिङ म्यानेजर पविन श्रेष्ठ बताउनुभयाे । बिहान बिहानै हेलिकाेप्टरका आवाजले फुङ्लिङ बजारबासीकाे बिहान सबेरै उठ्ने बानी विकास हुँदै गएको ताप्लेजुङका स्थानीय चितेन लिम्बूले बताउनुभयाे । 

    सदरमुकाम फुङलिङ, पॉचथर, धरान र धनकुटाको भेडेटारबाट पाथीभरा मन्दिरमा पूजापाठ गर्न पुग्ने तीर्थयात्री रोसार आएको  पाभीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयाे । धरानबाट ३२ हजार रुपैयाँमा यात्रु उडाउने गरेको धरान होलिडे ट्राभल एन्ड टुर्सका मार्केटिङ म्यानेजर श्रेष्ठकाे भनाइ छ । 

    यो वर्ष हेलिकाेप्टरमा चढेर पाथीभरा जाने यात्रुको संख्या उल्लेख्य भए पनि मौसमले साथ नदिएका कारण कम उडान भएको धरान होलिडे ट्राभल एन्ड टुर्सले जनाएको छ । यात्रुका हिसाबले एकपटकमा पॉचजना बोक्ने हेलिकाेप्टरले धरानबाट एउटा उडानमा एक लाख ६० हजार रुपैयाँ आम्दानी गर्ने गरेका छन् । 

    फुङलिङबाट १० हजार पॉचथरको फिदिमबाट २२ र इलामको कन्यामबाट ३५ हजार भाडा लिने गरेको मेवाखोला हिल रिसाेर्टका सञ्चालक सुरेश लिम्बूले बताउनुभयाे । काठमाडाैंबाट सिधै आउने यात्रुको संख्या पनि उल्लेख्य रहेको पाथीभराका पुजारी डिल्ली आचार्यले बताउनुभयाे ।

    तर  हेलिकाेप्टरबाट कति संख्यामा तीर्थयात्री आए तथ्यांक राख्ने नगरेको क्षेत्र विकास समितिले जनाएको छ । ‘हामीले पैदल हिँडेर जानेको तथ्यांक राख्ने गरेका छौं, हेलिकाेप्टरबाट आउनेको छैन’, काफ्लेले भन्नुभयाे ।

    दसैंको नौरथा सुरु भएको २१ असोजदेखि १४ मंसिरसम्म ५५ हजारभन्दा बढीले पाथीभरा दर्शन गरेको पाभीभरा क्षेत्र विकास समितिले जनाएको छ । दुई वर्षअघि चैतमा एकैदिन १७ हजारले दर्शन गरेको तथ्यांक पाथीभरा क्षेत्र विकास समितिसँग छ  ।

    पाथीभरामा तीर्थयात्रीले चढाएको आठ करोड रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा क्षेत्र विकास समितिमा (सरकारद्वारा गठित समिति) चालू आव २०७८को असार मसान्तसम्म तीन करोड २७ लाख ३० हजार सात सय ५८ रुपैयाँ बैंक मौज्दात छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवर्द्धन समितिमा (समुदायस्तरमा गठित समिति) तीन करोड ३३ लाख ३५ हजार दुई सय सात रुपैयाँ छ । सरकारी र समुदायस्तरबाट गठित दुवै समितिको खातामा गरी कुल आठ करोड भेटी संकलन बैंक मौज्दात रहेको क्षेत्र विकास समितिले जनाएको छ । 
     

     


    तेस्रो आँखा