• ट्रेण्डिङ्ग :
दाङको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने

दाङको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने


  • 7.2K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    दाङको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं, २५ वैशाख । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दैछन् ।

    images

    आइतबार घोराही र तुलसीपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ जाँदैछन् । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ जान लागेका हुन् ।

    तुलसीपुरको अरनीको मैदान र घोराहीको जिल्ला समन्वय समितिको मैदानमा चुनावी सभा हुँदैछन् । घोराहीमा जिल्ला समन्वय समितिको दक्षिणतर्फको शहीद मञ्चमा हुने कार्यक्रमलाई नेताहरूले दिउँसो २ बजे सम्बोधन गर्ने तय भएको छ । देउवा र प्रचण्डसँगै का‌ंग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेललगायतका शीर्ष नेताहरू जान लागेको संयुक्त गठबन्धन जिल्ला समन्वय समितिले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप