कांग्रेसले संसदलाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो: केपी ओली

कांग्रेसले संसदलाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो: केपी ओली


  • 8.8K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    कांग्रेसले संसदलाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो: केपी ओली

    काठमाडाैं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको बताएका छन् ।  

    images

    आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओलीले कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका हुन् । नेपालको सार्वभौमसत्ता र अखण्डतालाई अक्षुण्ण राख्नका लागि एमाले स्थापनाकालदेखि नै प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, नेपाली कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लियो । सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्यवोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्‍यो । संसद विघटनपछि सर्वोच्च अदालतले पुनस्स्थापना गरी नयाँ सरकार गठनका सन्दर्भमा दिएको आदेशप्रति लक्षित गर्दै ओलीले भने, संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो । कांग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍यायो ।

    संसद् विघटनको विकल्प आफूहरूसँग नरहेको उल्लेख गर्दै उनले भने, संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षड्यन्त्रको चक्रव्यूहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिबद्ध रहेको नेकपा एमाले सरकारका सामु अन्य विकल्प थिएन । फलस्वरुप जनादेशका लागि जनतामा जाने निष्कर्षमा हामी पुग्यौँ । तर अदालतको परमादेशले सरकार बदलियो । सार्वभौम नेपाली जनताको आफ्नो सरकार निर्माण गर्ने संवैधानिक अधिकारमाथि कुठाराघात भयो । हालै जारी भएको कांग्रेसको चुनावी घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्ने ओलीले बताए । ‘अचम्म त के लाग्छ भने नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनालाई कांग्रेस मजाक र गफ ठान्छ,’ उनले भने ।

    एमालेले उत्पादन र उत्पादकत्व वृद्धि, भौतिक पूर्वाधार निर्माण र सामाजिक न्याय, सुशासन अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका काम गरिरहेका बेला कांग्रेसको षड्यन्त्रले चरम उत्कर्षको रूप लिएको उनको भनाइ छ । ‘नेपाली कांग्रेसले सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर याथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर राजनीतिक देशहितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने, ‘कांग्रेसले राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार गर्‍यो ।’ उनले कांग्रेससँग देश विकासका लागि कुनै योजना हिजो नभएको, आज बनाउन नसकेको र भोलि पनि नहुने ठोकुवा गरे ।

  • सम्बन्धित विषय:

  • # एमाले
  • # केपी शर्मा ओली

  • तेस्रो आँखा
    लेखकबाट थप