काठमाडौं, २५ वैशाख । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले मादक पदार्थ बिक्री वितरणमा (वैशाख २५ गते देखि वैशाख ३१ गते सम्म) रोक लगाएको छ ।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने सन्दर्भमा राजनीतिक दलहरुसँग छलफल गरेर जिल्लाभर मादक पदार्थको बिक्री वितरणमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
मादक पदार्थको बिक्री वितरण तथा उपभोगमा गरिएको निषेधलाई बेवास्ता गरेको पाइएमा कारबाही गरिने कार्यालयले जनाएको छ ।

