• ट्रेण्डिङ्ग :
आफूहरुले हारेको ठाउँमा बजेट नदिने भन्ने आरजुको टिप्पणीमा सुरेन्द्र पाण्डेको विरोध

आफूहरुले हारेको ठाउँमा बजेट नदिने भन्ने आरजुको टिप्पणीमा सुरेन्द्र पाण्डेको विरोध


  • 9.9K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    आफूहरुले हारेको ठाउँमा बजेट नदिने भन्ने आरजुको टिप्पणीमा सुरेन्द्र पाण्डेको विरोध

    नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री पत्नी आरजु राणाले आफूहरुले हारेको ठाउँमा बजेट नदिने भनी टिप्पणी गरेको भन्दै विरोध जनाएका छन् ।। 

    images

    आइतबार नेकपा एमालेले भरतपुरमा आयोजना गरेको आमसभामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।  ‘आज पनि राणाशासन गएको छैन कि भन्ने भान उहाँमा रहेछ’,  उनले भने  ‘तपाईंको गोजीको पैसा होइन, प्रधानमन्त्री पत्नीज्यू नेपाली जनताले कर तिरेर ढुकुटीमा जम्मा गरेको पैसा हो, सबै पैसाको पाइ पाइ हिसाब हुन्छ नेपाली जनता भ्रममा छन् भन्ने नठान्नुहोला ।’ 

    पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘प्रेम’ धेरै समय नटिक्ने दाबी गरे । उनले देउवा र प्रचण्डबीच रहेको ‘प्रेम’ लाई चाउरे पिरतीको संज्ञा दिए । ‘केही दिनअघि भरतपुरमा गरिएको भाषण सुनेँ । शेरबहादुर देउवाजीले भन्नुभएछ, मेरो जोडले पो मेयरको उम्मेदवार रेनुजीलाई दिएको प्रचण्डजी त नाइ भन्दै हुनुहुन्थ्यो, कति प्यारो प्रेम बसेछ प्रचण्डजीमाथि’ उनले भने ।

    उपाध्यक्ष पाण्डेले अघि भने, ‘यहाँलाई म भन्न चाहन्छु शेरबहादुर देउवाजी यो प्रेम ज्यादै छोटो प्रेम छ, ज्यादै कमजोर प्रेम छ भन्ने कुरा धेरै पर जानुपर्दैन होला । यहाँहरुले अहिले नक्कली पिरती देखाउनुभएको छ, यो चाउरे पिरती केही दिनमा नै अंगभंग हुनेवाला छ ।’

     

  • सम्बन्धित विषय:

  • # एमाले

  • तेस्रो आँखा
    लेखकबाट थप