एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी


  • 8.0K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

     

    images

    काठमाडौं, १४ मंसिर ।नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएकाे छ । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो । 

    नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए । साथै नाे भाेटमा ३३ मत खसेकाे छ ।

    यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । 

    यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो ।