विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौं महानगरलाई अगाडि बढाउँछु: सिर्जना सिंह

विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौं महानगरलाई अगाडि बढाउँछु: सिर्जना सिंह


  • 9.5K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 14.7K Views

    विज्ञसँग छलफल र सहकार्य गरेर काठमाडौं महानगरलाई अगाडि बढाउँछु: सिर्जना सिंह

    काठमाडौं, २५ वैशाख । गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौं महानगरपालिकालाई अगाडि बढाउने बताएकी छिन् ।

    images

    आइतबार काठमाडौंमा आयोजित ‘बुद्धिजीवी भेला एवं छलफल कार्यक्रम’ मा नगरप्रमुखको उम्मेदवार सिंहले विज्ञको सल्लाहमै काठमाडौं महानगरलाई अगाडि बढाउने बताएकी हुन् । “काठमाडौं महानगरको विकासका लागि कहाँ के गर्न सकिन्छ । सम्बन्धित विषयका विज्ञसँग छलफल गरेर समृद्ध महानगर निर्माणमा लाग्नेछु”, उनले भनिन् । काठमाडौंलाई समृद्ध महानगर बनाउनका लागि कुनै स्वार्थ नराखी आफ्नो र अर्को नभनी काम गर्ने उनको भनाइ छ ।

    नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी निर्माण आफ्नो मुख्य एजेण्डा भएको भन्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न गरिन् । आफू मेयर भएकै दिनदेखि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने उनका भनाइ थियो ।

    उनले महानगरभित्रका गरिब तथा विपन्न जनताको स्वास्थ्यलाई ध्यानमा राखेर सुविधा सम्पन्न महानगर अस्पताल खोलेर जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नेसमेत बताइन् । “महानगरभित्र सुशासन कायम गर्न भ्रष्टाचारमुक्त काठमाडौं र प्रविधिको प्रयोग गरेर घरबाटै सेवा लिने वातावरण निर्माण गर्छु”,  उनले भन्नि । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले प्रजातन्त्र स्थापनामा सिंहको महत्वपूर्ण योगदान रहेको बताउँदै काठमाडौँ महानगरपालिकामा सिंहको जित नै लोकतन्त्रको जित भएको बताए । उनले काठमाडौं महानगरपालिकाले एक सक्षम र योग्य महिला उम्मेदवार पाएको भन्दै उनलाई जिताउनका लागि सबै लाग्नुपर्ने उल्लेख गरे। 

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप