तिलोत्तमा १३ का तीन स्थानमा गठबन्धनको कोणसभा, भ्रष्टाचारमुक्त अभियानमा साथ दिन खांणको आग्रह

तिलोत्तमा १३ का तीन स्थानमा गठबन्धनको कोणसभा, भ्रष्टाचारमुक्त अभियानमा साथ दिन खांणको आग्रह


  • 8.2K
    SHARES
    • बैशाख २५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    तिलोत्तमा १३ का तीन स्थानमा गठबन्धनको कोणसभा, भ्रष्टाचारमुक्त अभियानमा साथ दिन खांणको आग्रह

    तिलोत्तमा, २५ वैशाख । रुपन्देहीको तिलोत्तमामा गठबन्धनले मतदाता शिक्षासंगै संयुक्त कोणसभा गरेका छन् । नगरपालिकाका वडा न. १३ स्थित मडाहा चोक,बबनी चोक,कनौजिया चोकमा कोणसभा भएको हो । तिलोत्तमाका मेयर पदका उम्मेदबार रामकृष्ण खांणले आफुहरु जितको नजिक रहेको बताए । देशैभरी पांचदलीय गठबन्धनको माहोल बनेको र जनमत आफुहरुको पक्षमा रहेको समेत उनको दाबि छ । 

    images

    उनले तिलोत्तमालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा हिडेको बताउँदै गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरेका थिए । उनले आफ्ना प्रतिबद्धताहरु स्थानीयलाई सुनाउँदै तिलोत्तमाको समग्र बिकासको लागि यो पटक आफुहरुलाई जिताएर सेवक बन्ने अवसर दिन आग्रह गरे । उपमेयर पदका उम्मेद्वार हेमलाल पाण्डे(हेमन्त)ले गठबन्धनमा बदर नहुनेगरि मतदान गर्न आग्रह गर्दै मेयरमा रुख र उपमेयरमा हसिया हतौडामा मतदान गर्न आग्रह गरे ।

    सो अबसरमा नेपाली कांग्रेसकी नेतृ तथा रुपन्देही कांग्रेसकी उपसभापति अनिता शाहले लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाइ बिजयी बनाउनुपर्ने बताइन् । उनले रुपन्देहीमा कांग्रेस पहिलो पार्टी बन्ने बताइन् । सो अवसरमा माओबादी केन्द्रका नेता सुदीप न्यौपाने,बिमला चौधरी,वडा न.१३ का वडाध्यक्ष पदका उम्मेदबार नारायण ढकाल, जर्नादन यादव लगायतले बोल्दै गठबन्धनलाइ बिजयी बनाउन आग्रह गरे 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • कल्पना डुम्रे
    लेखकबाट थप