काठमाडौं, २६ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याउने धेरै प्रयास भएको दाबी गरेका छन् ।
सोमबार पोखरामा भएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘एमालेलाई सिध्याउन धेरै प्रयास भए, बदनाम गर्न खोजियो, बंग्याएर प्रस्तुत गर्न खोजियो,’ उनले भने, ‘मैले बोलेको बुझ्ने थोरै मात्र बुद्धिजीवी छन् कि क्याहो भन्ने भयो । मैले शास्त्रका कुरा गर्छु, उनीहरु उखान टुक्का भन्छन् ।’
उखान टुक्का आफूले नभई कांग्रेसका नेताहरुले प्रयोग गर्ने उनको भनाइ थियो । आफूले बोलेको कुरा बुझ्ने थोरैमात्र बुद्धिजीवी नेपालमा नभएको उनको भनाइ छ । उनले आफूले शास्त्रका कुरा गर्दा उखान टुक्का भनेर उडाएको गुनासो गरे ।
