एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मतले विजयी, घनश्याम भुसाल पराजित

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मतले विजयी, घनश्याम भुसाल पराजित


  • 7.2K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य  सर्वाधिक मतले विजयी, घनश्याम भुसाल पराजित

    चितवन, १४ मंसिर  । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित हुनु भएकाे छ। चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित हुनुभएकाे हाे ।  

    उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले १९२५, नेम्वाङले १८६५, पाैडेलले १८५६, ज्ञवालीले १८४२ र बादलले १७६८ मत ल्याएका छन् । 

    images

    तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित हुनुभएकाे छ । उहाँले ७२५ मत प्राप्त गर्नु भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गर्नु भएकाे थियाे । उपाध्यक्षमा नसमेटिनु भएका भुसालले उम्मेदवारी दर्ता गराउनु भएकाे थियाे ।  



    PreviousNext

  • सम्बन्धित विषय:

  • # एमाले महाधिवेशन

  • तेस्रो आँखा