बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौँः शेरबहादुर देउवा

बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौँः शेरबहादुर देउवा


  • 8.9K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौँः शेरबहादुर देउवा

    काठमाडाैं, २६ वैशाख । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागीलाई कुनै पनि हालतमा माफ नगर्ने बताएका छन् । 

    images

    सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिए कारवाही गर्नेसमेत चेतावनी दिए । ‘बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहयोग गरिने छैन । बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौँ,’ देउवाले भने, उम्मेदवारी फिर्ता नलिएको खण्डमा कारवाही गर्नेछौँ ।’

    उनले नेकपा एमालेले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने पनि दाबी गरे । स्थानीय तहको निर्वाचन सत्तारुढ गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने उनको भनाइ छ। उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गरे । ‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधवजीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ,’ देउवाले भने, ‘ त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’

    उनले धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिमबासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनले चुनाव जितेमा यहाँ लागि प्राथमिकता दिएर काम गर्ने बताए । उनले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप