चितवन, १४ मंसिर । एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन् ।
चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन् ।
विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याए ।
