• ट्रेण्डिङ्ग :
०७४ को भन्दा अहिलेको निर्वाचन सस्तो हुन्छः निर्वाचन आयोग

०७४ को भन्दा अहिलेको निर्वाचन सस्तो हुन्छः निर्वाचन आयोग


  • 8.7K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    ०७४ को भन्दा अहिलेको निर्वाचन सस्तो हुन्छः निर्वाचन आयोग

    काठमाडौं, २६ वैशाख । निर्वाचन आयोगले २०७४ सालको भन्दा यस वर्ष हुने स्थानीय तहको चुनाव कम खर्चिलो हुने बताएको छ ।

    images

    निर्वाचन सम्पन्न भएपछि प्रति मतदाता भएको खर्च समेत आउन सक्ने उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘अहिले नै भन्दा यति भन्न सकिन्छ ०७४ को भन्दा अहिलेको चुनाव सस्तो हुनेछ ।’

    आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुले चुनाव खर्चको विषयमा प्रश्न उठाएका थिए । जवाफमा उनले ०७४ को भन्दा सस्तो हुने आयोगको आंकलन रहेको बताएका हुन् । ०७४ मा स्थानीय तहको चुनाव तीन चरणमा भएको थियो । यो पटक यही ३० गते देशभर एकै पटक स्थानीय चुनाव हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप