• ट्रेण्डिङ्ग :
पोखरामा कांग्रेसका बागी उम्मेदवार कार्कीले लिए उम्मेदवारी फिर्ता

पोखरामा कांग्रेसका बागी उम्मेदवार कार्कीले लिए उम्मेदवारी फिर्ता


  • 10.5K
    SHARES
    • बैशाख २६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 16.1K Views

    पोखरामा कांग्रेसका बागी उम्मेदवार कार्कीले लिए उम्मेदवारी फिर्ता

    काठमाडौं, २६ वैशाख । पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् ।

    images

    निर्वाचन आयोगको कार्यकतालिका अनुसार उम्मेदवारी फिर्ताको समय वैशाख १६ गते नै सकिए पनि कार्कीले सोमबार विज्ञप्ति जारी गरी आफूले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई समर्थन गरेको बताएका छन्। सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार छन् । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छिन् ।

    कार्कीले स्थानीय तह निर्वाचनमा कांग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूले उम्मेदवारी दर्ता गरेको र साथीहरुको सल्लाह र अग्रज नेताहरुको आग्रह अनुसार गठबन्धनका उम्मेदवारलाई सहयोग गरेको बताएका छन् । 

    pokhara.jpg

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप