संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ: प्रकाशमान सिंह

संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ: प्रकाशमान सिंह


  • 9.2K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.1K Views

    संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ: प्रकाशमान सिंह

    काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पारेका छन् ।

    images

    नेपाली कांग्रेस चन्द्रागिरि नगर समिति र पाँच दलीय गठबन्धनद्वारा मंगलबार चन्द्रागिरि–१० बुद्ध मन्दिरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिंहले भने, “कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गरेको हो । नेकपाको पूर्ववर्ती सरकारबाट पटक–पटक संविधानको मर्ममाथि प्रहार भयो । पछिल्लो समय विधिको शासन जोगाउन नै कांग्रेस नेतृत्वमा नै पाँच दलीय गठबन्धन बनेको हो । यो गठनबन्धनले स्थानीय निर्वाचनपछि पनि निरन्तरता पाउँछ ।”

    उनले संविधान जोगाउन र समग्र चन्द्रागिरिको विकास गर्न गठनबन्धनका उम्मेदवारलाई निर्वाचनमा मत दिई विजयी गराउन आह्वान गरे । उनले भने, “जनताका सेवक भई पाँच वर्ष चन्द्रागिरि नगरकोको शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विकासमा नवीनतम काम गरेका नगरप्रमुख नै पुनः मेयर पदको उम्मेदवार बन्नुभएको छ । उहाँको अधुरा काम पूरा गर्न उहाँ सहित गठबन्धनका उम्मेदवारलाई पुनः मतदान गर्न म नगरवासीलाई आग्रह गर्दछु ।”

    कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद राजन केसीले पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाई स्थायित्व कायम गर्न बनेको बताए । उनले भने, “कांग्रेसले बाध्यता र राष्ट्रिय आवश्यकताले सरकारको नेतृत्व गरेको हो । सरकारले लोकतन्त्र र सङ्घीयतालाई बलियो बनाउन स्थानीय निर्वाचन सम्पन्न गर्न लागेको हो । यो निर्वाचनमा चन्द्रागिरिको विकासमा अथक योगदान दिँदै आउनुभएका पूर्व नगरप्रमुखको गठनबन्धनको टिमलाई अत्यधिक मतले विजय गराउन म नगरवासीसमक्ष आग्रह गर्दछु ।”