दुई महामन्त्री थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

दुई महामन्त्री थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल


  • 9.1K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    दुई महामन्त्री थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

    काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका महमन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् ।

    images

    उनीहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाएका छन् । उनीहरुले रुखमा मतदान गरे भनेर पश्चाताप गर्ने अवस्था कसैलाई पनि आउन नदिने दृढ प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।    

    महामन्त्री थापाले लाखौँ मतदाताले पहिलो पटक मतदान गर्न लागेको अवस्थामा त्यो मतदान गर्ने अधिकार त्यतिकै नआएको र त्यो अधिकारका लागि कुनै बेला थुपै्र तन्नेरीले चार तारे झण्डा बोकेर लडेको बारेमा सोच्न आग्रह गरे।

    अर्का महामन्त्री शर्माले आफूहरुको संविधानलाई बलियो बनाउने र समाजलाई बदल्ने महान यात्रामा सबैलाई स्वागत गर्दै समुन्नतीका लागि सँगसँगै अघि बढ्नका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरे । साथै उनले कस्तो समाज र राजनीति चाहने भन्ने सम्बन्धमा मत दिनुअघि मनलाई सोध्नसमेत आग्रह गरेका छन् ।