भृकुटीमण्डपमा स्थापितले भनेः यो सभा विजयी उत्सव हो कि, मलाई कन्फ्युज भयो

भृकुटीमण्डपमा स्थापितले भनेः यो सभा विजयी उत्सव हो कि, मलाई कन्फ्युज भयो


  • 12.3K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 18.9K Views

    भृकुटीमण्डपमा स्थापितले भनेः यो सभा विजयी उत्सव हो कि, मलाई कन्फ्युज भयो

    काठमाडाैं, २७ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले भृकुटीमण्डपमा भएको चुनाबी सभालाई विजयी उत्सव हो कि के हो भन्ने आफूलाई कन्फ्युज भएको बताएका छन् । 

    images

    काठमाडौंको भृकुटीमण्डपमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै पूर्व मेयर समेत रहेका स्थापितले यस्तो बताएका हुन् ।  ‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । प्रतिपक्ष नै उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन ?’

    उनले फोहोरको एक वर्ष पछि स्थायी समाधान निस्कने दाबी गरे । कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न नपाउने स्थापितले बताए । एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप