म सपना बाँड्न होइन, काम गर्न उम्मेदवार बनेको हो: सिर्जना सिंह

म सपना बाँड्न होइन, काम गर्न उम्मेदवार बनेको हो: सिर्जना सिंह


  • 10.4K
    SHARES
    • बैशाख २७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 16.0K Views

    म सपना बाँड्न होइन, काम गर्न उम्मेदवार बनेको हो: सिर्जना सिंह

    काठमाडौं, २७ वैशाख । पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले आफू सपना बाँड्न नभई काम गर्न महानगर प्रमुखको उम्मेदवार बनेको बताएकी छिन्।

    images

    नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘चुनावी सभा’मा उनले काठमाडौंको विकासका लागि आफूले ठूला सपना नबाँडेको बताउँदै आफूले अगाडि सारेको सङ्कल्प पत्रअनुसार काम गर्ने उल्लेख गरिन्।

    “स्वच्छ, सफा र हराभरा महानगर निर्माण गर्नका लागि म काठमाडौंवासीको अभिभावक बन्न चाहन्छु, काठमाडौँलाई ‘महान् घर’ बनाउन चाहन्छु”, उनले भनिन् । उनले २५ वर्ष पहिलेका प्रमुख पिएल सिंहले सारेको परिकल्पनालाई पूरा गर्ने विश्वाससमेत व्यक्त गरिन् । नेत्री सिंहले काठमाडौंभित्रको खाल्डाखुल्डी र धुलोधुवाँको समस्या समाधान गर्दै फोहोर व्यवस्थापन घरबाटै सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् । काठमाडौंभित्र देखिएको भद्रगोल ट्राफिकलाई व्यवस्थित बनाउँदै सबैलाई सार्वजनिक यातायात चढ्ने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।

    महागरनगर प्रमुखका उम्मेदवार सिंहले फुटपाथ व्यवसायलाई व्यवस्थित, ठूला सडकमा ‘साइकल लेन’को व्यवस्था, बागमती, विष्णुमती, रुद्रमतीलगायतका नदीलाई व्यवस्थित बनाउने, निम्न आय भएका महिलालाई विशेष राहत भत्ताको व्यवस्था गर्ने बताइन्। यस्तै विदुर पुरुषहरुका लागि विशेष राहतको व्यवस्था, बेरोजगार युवाहरुलाई रोजगारको व्यवस्था, युवालाई उद्यमी बनाउने, प्रत्येक वडामा कोसेली घर निर्माण, युवाहरुलाई खेलकुदप्रति आकर्षण गर्न विभिन्न किसिमका प्रतियोगितासमेत सञ्चालन गर्ने उनको भनाइ छ ।

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप