लागुऔषधसहित युवक पक्राउ

लागुऔषधसहित युवक पक्राउ


  • 8.8K
    SHARES
    • बैशाख २८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    लागुऔषधसहित युवक पक्राउ

    काठमाडौं, २८ वैशाख । भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भनपा–१ दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नं को स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएका प्रहरीले जाँच गर्ने क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो । सो घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप