रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ

रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ


  • 8.5K
    SHARES
    • बैशाख २८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, उम्मेदवारसहित माओवादीका तीन नेता पक्राउ

    काठमाडौं, २८ वैशाख । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ ।

    images

    वैशाख १९ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई गायब बनाइएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार घरदेखि करिब ३ किलोमिटरमाथि शव भेटिएको थियो ।

    शव भेटिएपछि स्थानीय पार्टी तथा प्रहरीको समन्वयमा जुनमायाको पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको छ । मृतकका भाइ धनबहादुर बुढा, नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढा, एक प्रहरी हवल्दारले एम्बुलेन्समा उनको शवलाई बुटवल लगेका हुन् । एमाले पोलिब्युरो सदस्य दधिराम न्यौपानेले माओवादीले अपहरण गरी हत्या गरेका आफ्ना कार्यकर्ताको पोष्टमार्टम बुटवलमा भइरहेको बताए । रुकुमपूर्व प्रहरीले सो घटनामा संलग्न रहेको आशंकमा माओवादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । सो गाउँपालिका कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुनकुमार बुढा पक्राउ परेका हुन् ।

    सो घटनाका प्रत्यक्षदर्शी नेपाली कांग्रेस पुथा उत्तरगंगा गाउँसभापति तपश बुढाले गठबन्धनमा रहेको कार्यक्रममा माओवादी कार्यकर्ताले आक्रमण गरेको र अपहरण गरी हत्या गरेर जघन्य अपराध गरेको बताए । उनले घटनाको वास्तविकताका लागि आफैले शव पोष्टमार्टम गर्न बुटवल लगेको बताए । मृतकका भाइ धनकुमार बुढाले आफ्नो दिदीको हत्या माओवादीकै कार्यकर्ताले गरेको भएपनि प्रहरीले छानबिनका लागि वास्ता नगरेको भन्दै यथार्थ विवरण बाहिर ल्याउन आग्रह गरे । मृतकको कानबाट रगत बगेको, शरिभर निलडाम रहेका कारण कुटपिटबाट नै हत्या गरेको देखिने एमाले नेता न्यौपानेले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप