कांग्रेसले गर्‍यो चितवनका पूर्व सांसदसहित पाँच जनालाई निलम्बन

कांग्रेसले गर्‍यो चितवनका पूर्व सांसदसहित पाँच जनालाई निलम्बन


  • 10.2K
    SHARES
    • बैशाख २९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    कांग्रेसले गर्‍यो चितवनका पूर्व सांसदसहित पाँच जनालाई निलम्बन

    काठमाडौं, २९ वैशाख । नेपाली कांग्रेसका चितवनका पूर्व सांसदसहित पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै कांग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो ।

    images

    कांग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आन्नदराज राउत र क्रियाशील सदस्य डा. केशव पौडेललाई कारबाही स्वरुप निलम्बन गरिएको जानकारी दिए । 

    पार्टी विधान र अनुशासन बाहिर गएर कार्य गरेको भन्दै उनीहरुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । भरतपुरमा पाँच दलीय गठबन्धनबाट माओवादीकी रेनु दाहाल मेयरकी उम्मेदवार छिन् । पार्टीले मेयर माओवादी केन्द्रलाई छोडेको भन्दै चितवन कांग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।