राप्रपाको भोली हुने एकता महाधिवेशन तयारी पुरा/४४ सय प्रतिनिधी सहभागि हुने

राप्रपाको भोली हुने एकता महाधिवेशन तयारी पुरा/४४ सय प्रतिनिधी सहभागि हुने


  • 7.1K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    राप्रपाको भोली हुने एकता महाधिवेशन तयारी पुरा/४४ सय प्रतिनिधी सहभागि हुने

    काठमाडौं, १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भोली हुने एकता महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । महाधिवेशन प्रचार विभाग प्रमुुख मोहन श्रेष्ठका अनुसार बिहान साढे ११ बजे काठमाडौंको भृकुटी मण्डपमा भव्य समारोहका बीचमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम भय भएको छ । राप्रपाको आगामि नेतृत्वमा वर्तमान अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    images

    पुस्तान्तरणको वहश चलाएका नेता लिङ्देनलाई अर्काे अध्यक्ष डा.प्रकाश चन्द लोहनी, नेता धवलशमशेर राणा लगाएको समर्थन रहेको छ । भने थापालाई पशुपति शेमशेर जवराको साथ रहेको छ । महाधिवेशनकालागि देशभरिबाट ४४ सय प्रतिनिधी आउने प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । अध्यक्ष २२८ प्रतिनिधि मनोनित गर्नुभएको छ ।

    राप्रपाले पहिलो पटक ७५ प्रतिशत पदाधिकारी निर्वाचित हुनेगरी विधान संशोधनको प्रस्ताव अधि बढाएको छ । यस अघि अध्यक्षले मनोनित गर्ने गरेकोमा केन्द्रीय महाधिवेशनले निर्वाचनबाट पदाधिकारी चुनिने व्यवस्था गर्न लागेको हो । यसले पनि राप्रपाभित्र निर्वाचित भएर प्रायः नयाँ पुस्ता आउने सम्भावना ज्युँदै रहेको छ । राप्रपाभित्र पुस्तान्तरणको वहश अघि बढेकाले पनि एकता महाधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ । अहिले देशभरिबाट प्रतिनिधि आउनेक्रम जारी रहेको महाधिवेशन प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । 

     

  • सम्बन्धित विषय:

  • # राप्रपा

  • तेस्रो आँखा