मतदाता परिचय पत्र खोसेको आरोपमा दोलखामा निवर्तमान वडाध्यक्ष पक्राउ

मतदाता परिचय पत्र खोसेको आरोपमा दोलखामा निवर्तमान वडाध्यक्ष पक्राउ


  • 8.3K
    SHARES
    • बैशाख २९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    मतदाता परिचय पत्र खोसेको आरोपमा दोलखामा निवर्तमान वडाध्यक्ष पक्राउ

    काठमाडौं, २९ वैशाख । दोलखाको तामाकोशी गाउँपालिका–१ मा निवर्तमान वडाध्यक्ष महेश्वर काफ्ले मतदाता परिचय पत्र खोसेको आरोपमा पक्राउ परेका छन् । बुधबार वडा नम्बर १ को वडा कार्यालय भवनस्थित मतदान स्थलमा कर्मचारीको हातबाट १२५ वटा मतदाता परिचयपत्र खोसेर लगेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    काफ्लेले मतदानस्थलमा खटिएका सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट मतदाता परिचयपत्र खोसेर लगेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । उनका अनुसार काफ्लेलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखामा बुझाएको थियो । काफ्लेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कसूर अन्तर्गत कारबाही चलाएको अर्यालले बताए ।


    तेस्रो आँखा
    लेखकबाट थप