देशमा चुनावी माहौल बन्दै गएको छ - अध्यक्ष दाहाल

देशमा चुनावी माहौल बन्दै गएको छ - अध्यक्ष दाहाल


  • 7.5K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    देशमा चुनावी माहौल बन्दै गएको छ -  अध्यक्ष दाहाल

    बुटवल, १४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा चुनावी माहौल तयार भइरहेको बताउनु भएकाे छ । रुपन्देहीका पार्टी नेता रामप्रसाद बन्जाडे (टंकमणि)को निधन भएको सातौं दिनको पुण्यतिथीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उहाँले त्यस्ताे  बताउनु भएकाे हाे । 

    images

    विभिन्न पार्टीका अधिवेशन तथा सम्मेलन सम्पन्न भइरहनुले पनि चुनावी माहोल तयार हुँदै गएको दाहालकाे भनाइ छ ।  'विभिन्न पार्टीका सम्मेलन र महाधिवेशनले चुनावको तयारी भइरहेको संकेत गरेको छ,' उहाँले भन्नुभयाे 'चुनावको वातावरण तयार हुँदैछ, राजनीतिक स्थायित्वको लागि चुनाव आवश्यक छ, यसलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्छ ।'

    उहाँले पार्टी नेता बन्जाडेको निधनले पार्टीलाई ठूलो क्षति पुगेको पनि बताउनु भएकाे छ । जनयुद्धकालदेखि नै जस्तोसुकै जोखिम मोलेर पनि पार्टीको काममा अहोरात्र खट्ने बन्जाडेको विशिष्ट प्रकारको स्वभाव र शैली रहेको उहाँको भनाई छ ।  

    बन्जाडेले परिकल्पना गरेको सहिद पार्क निर्माणको सपनालाई साकार पार्न पार्टीले पहल गर्ने भन्दै त्यो पार्कमा बन्जाडेको सालिक राख्न पनि स्थानीय पार्टीलाई दाहालले आग्रह गर्नुभयाे । मृतक बन्जाडेको जीवन समेटेर पुस्तक प्रकाशन गर्न पनि पार्टी नेताहरूलाई उहाँले आग्रह गर्नुभयाे ।

     


    तेस्रो आँखा