रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील, ४ हजार ६ सय ४ सुरक्षाकर्मी परिचालन

रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील, ४ हजार ६ सय ४ सुरक्षाकर्मी परिचालन


  • 6.1K
    SHARES
    • बैशाख २९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.4K Views

    रुपन्देहीका ६२ मतदानस्थल अतिसंवेदनशील, ४ हजार ६ सय ४ सुरक्षाकर्मी परिचालन

    बुटवल, २९ वैशाख । भोलि हुने स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा सुरक्षा ब्यबस्था कडा पारिएको छ । निर्वाचन अवधिका लागि रुपन्देहीमा चार हजार ६ सय चार सुरक्षाकर्मी परिचालन गरिएको हो । मतदानस्थलमा सुरक्षाकर्मी र कर्मचारी मतपत्रसहित पुगिसकेका छन् । 

    images

    जिल्लाका १२८ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ भने ६२ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन् । जिल्लामा ७८ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् ।  सुरक्षा चुनौतीलाई मध्यनजरमा राखेर काम गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए। यहाँ म्यादी प्रहरी २ हजार ४ सय, नेपाल प्रहरी १ हजार ४ सय र सशस्त्र प्रहरी ६ सय,आर्मी ६०० परिचालन गरिएको उनले बताए। निर्वाचनका बेला तीन वटा घेरामा सुरक्षाकर्मी परिचालन गरिने छ ।  पहिलो घेरामा म्यादी, दोस्रोमा प्रहरी र तेस्रोमा सशस्त्र प्रहरी रहने छन् । मोबाइल टोलीको रुपमा सेनालाई पनि खटाइने भएको छ । 

    रूपन्देहीमा ७०० मतदान केन्द्र र २०८ मतदान स्थल तोकिएका छन् । अघिल्लो पटकको निर्वाचनको तुलनामा यसपटक ९० वटा मतदान केन्द्र थपिएका हुन् । मतदाताको संख्या बढेपछि मतदान केन्द्र थप गरिएको हो । सबैभन्दा धेरै मतदाता हुने जिल्लामध्ये रूपन्देही चौथो जिल्ला रहेको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले रूपन्देहीमा एक लाख नौ हजार ७५८ मतदाता बढेका हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकामा अहिले बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । तीमध्ये तीन लाख २३ हजार ७७८ पुरूष र तीन लाख आठ हजार ५७४ महिला छन् । अन्य मतदाताको संख्या आठ रहेको छ । 

    निर्वाचन कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ मतदाता छन् । अघिल्लो निर्वाचनमा ७६ हजार ७२० मतदाता रहेको थियो । नगरपालिकामा सबभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ र सबभन्दा कम लुम्बिनी सांस्कृतिक नगरपालिकामा ४३ हजार ८९० मतदाता रहेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलोत्तमामा ७१ हजार ७४ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ३६ हजार ११५ मतदाता थियो । जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा गैडहवा गाउँपालिकामा २४ हजार ९२० र मर्चवारी गाउँपालिकामा १८ हजार ८१७ मतदाता रहेका थिए । रूपन्देहीमा ३८ दलले चुनावी प्रतिस्पर्धामा छन् ।

    280471973_3183405061935751_5335348703737906772_n.jpg280253310_1227021894771709_5073389812144881289_n.jpg

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • कल्पना डुम्रे
    लेखकबाट थप