काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को पदाधिकारीमा पराजित नेताहरू डा. भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा भने विजयी हुनुभएको छ । मतपरिणाम अनुसार उहाँहरू केन्द्रीय समितिमा निर्वाचित हुनुभएको हो ।
केन्द्रीय सदस्यमा डा. रावलले ९०४ र भुसालले १२६४ मत ल्याउनुभयो । डा. रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित हुनुभएको हो ।
यसबीच, डा. भीम रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिनुभएको छ ।
