वरिष्ठ नेता पौडेलद्वारा मतदान, संघीयताबाट देशको विकास सम्भव रहेको भनाइ

वरिष्ठ नेता पौडेलद्वारा मतदान, संघीयताबाट देशको विकास सम्भव रहेको भनाइ


  • 8.8K
    SHARES
    • बैशाख ३०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    वरिष्ठ नेता पौडेलद्वारा मतदान, संघीयताबाट देशको विकास सम्भव रहेको भनाइ

    काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । 

    images

    मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले  संघीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए । उनले भने“संघीयता विकासका लागि फलदायी भएको छ । स्थानीय तहले विकासको खाका कोरेको छ, संघीयता सफल हुँदैछ र संघीयताबाट देशको विकास र उन्नति सम्भव छ । ” वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे ।