• ट्रेण्डिङ्ग :
झापाका दुई मतदान अधिकृत कारबाहीमा परे

झापाका दुई मतदान अधिकृत कारबाहीमा परे


  • 5.1K
    SHARES
    • बैशाख ३०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 7.9K Views

    झापाका दुई मतदान अधिकृत कारबाहीमा परे

    काठमाडौं, ३० वैशाख । झापाका दुई जना मतदान अधिकृत कारबाहीमा परेका छन् । कमल गाउँपालिका–६ मा खटिएका मतदान अधिकृत शैलेन्द्र कर्ण कारबाहीमा परेका हुन् । उनलाई जिल्ला निर्वाचन कार्यालयले कारबाही स्वरुप फिर्ता बोलाएको छ ।

    images

    कमल ६ स्थित पाणिनी माविको मतदान केन्द्र ‘ग’ मा खटिएका कर्णले बिहीबार एक जना उम्मेदवारलाई ८८ वटा मतदाता परिचय पत्र उपलब्ध गराएका थिए । सम्बन्धित व्यक्तिले लिन आउनुपर्ने मतदाता परिचय पत्र कर्णले उम्मेदवारलाई नै वितरण गर्न भन्दै उपलब्ध गराएपछि उनलाई कारबाही स्वरुप फिर्ता बोलाएको प्रमुख निर्वाचन अधिकृत तुलसी नेपालले जानकारी दिए ।

    यस्तै मादकपदार्थ सेवन गरी मतदानस्थलमा पुगेको आरोपमा झापा गाउँपालिका ६ का सहायक मतदान अधिकृत सुरेन्द्र बस्नेत कारबाहीमा परेका छन् । झापा ६ सरणामतिस्थित जनता मावि मतदान केन्द्र ‘ग’ का सहायक अधिकृत बस्नेतले मादक पदार्थ सेवन गरेर आएको मतदाताको गुनासो पछि उनलाई मतदानस्थलबाट हटाइएको छ । मादक पदार्थ सेवन गरेको भएरनभएको प्रमाणित गर्न बस्नेतलाई अस्पताल भर्ना गरेको अधिकृत नेपालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप