नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डडेल्धुरालालाई प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउबाले हेपेको बताएका छन् । देउवाको गृह जिल्ला डडेल्धुरामा आयोजित कांग्रेसको भेलालाई सम्बोधन गर्दै कोइरालाले सभापतिका कारण दुखेका कांग्रेसीहरुको मनमा मल्हम लगाउन आँफू डडेल्धुरा पुगेको बताए ।
‘तपाईहरुलाई सभापति जि ले दुख दिनु भयो, तपाईहरु अनसनमा हुनुहुन्छ,’ कोइरालाले भने ‘आफ्नै जिल्लाका कांग्रेसीहरुको मन दुखाउने सभापति जिले बुझ्नु पर्छ ।’
डडेल्धुराको भेलामा सहभागी भेलालाई सभापतिको कदमका कारण दुखि भएका कार्यकर्ताहरुको भेला भन्दै कोइरालाले भने ‘सभापति जि तपाईले काठमाडौँमा टिभिमा कार्यक्रम हेर्दै हुनुहुन्छ होला, यो भेलाको उपस्थिती तपाइले दुखाएका मनहरको भेला हो, यो भेलामा सहभागीहरुको मन नदुखाउनुस् ।’ उनले सभापति देउवा र सकृय सदस्यता छानविन समितिका कारण डडेल्धुरामा सकृय सदस्यता बितरणका क्रममा अन्याय भएको बताए ।
