हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु

हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु


  • 9.7K
    SHARES
    • बैशाख ३०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 14.9K Views

    हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु

    काठमाडौं, ३० वैशाख । हिमाली जिल्ला मनाङमा मतगणना कार्य सुरु भएको छ । चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

    images

    उनका अनुसार मतदान सकिए लगत्तै सर्वदलीय बैठक बसी मतगणना गर्ने निर्णय भए अनुसार हाल मत गणना भइरहको हो । गाउँपालिका कार्यालय रहेका भवनमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना भएको छ । तारजालीसहित सीसी क्यामरा जडान भएको मतगणना स्थल छ ।

    २८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । यो ६२-६० प्रतिशत मत खसेको हो ।

  • सम्बन्धित विषय:

  • # मनाङ
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप