मनाङको चामे गाउँपालिकामा एमालेलाई अग्रता

मनाङको चामे गाउँपालिकामा एमालेलाई अग्रता


  • 10.9K
    SHARES
    • बैशाख ३०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 16.7K Views

    मनाङको चामे गाउँपालिकामा एमालेलाई अग्रता

    काठमाडौं, ३० वैशाख । मनाङको चामे गाउँपालिका कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।

    images

    अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १५४ मत पाएका छन् । नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १२९ मत पाएका छन् ।

    ५ वडा रहेको चामेमा जम्मा ७११ जना मतदाता छन् । जसमध्ये ६१० मत खसेको थियो । चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।  गाउँपालिका कार्यालय रहेका भवनमा निर्माण गरिएको मतगणना स्थलमा मतगणना भएको छ ।

    २८ वटा वडा रहेको मनाङमा २८ वटै मतदान केन्द्र रहेको छ । मनाङमा कुल मतदाता ६ हजार ४ सय ९६ जना रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । यो ६२-६० प्रतिशत मत खसेको हो ।

  • सम्बन्धित विषय:

  • # मनाङ
  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप