काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को केन्द्रीय सदस्यमा विजयी डा. भीम रावलले शपथ ग्रहण गर्नु भएन ।
एमालेको विधान अनुसार केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य दुवैमा उम्मेदवारी दिन मिल्ने व्यवस्था छ । सोही अनुरूप नेता डा. रावल अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा विजयी हुनुभएकाे हो ।
एमाले निर्वाचन समितिका संयोजक विजय सुब्बाले केन्द्रीय कमिटी सदस्यमा नाम पढ्नु भयाे तर डा. रावलले केन्द्रीय कमिटीमा नबस्ने जानकारी दिनुभयो ।
उहाँले अध्यक्ष पदमा पराजीत भएमा आफू केन्द्रीय सदस्यमा नबस्ने बताउनुभएकाे थियाे ।
विधान अनुसार निर्वाचन समितिले उहाँको उम्मेदवारी स्वतः केन्द्रीय सदस्यमा पनि राखेको थियो । तर, डा. रावलले आफूले उम्मेदवारी नदिएको पदमा पनि राखेको भन्दै आपत्ति जनाउनुभएकाे थियाे ।
