• ट्रेण्डिङ्ग :
स्थानीय तह निर्वाचन: एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, दुई पालिका जितेर एमाले अग्रस्थानमा

स्थानीय तह निर्वाचन: एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, दुई पालिका जितेर एमाले अग्रस्थानमा


  • 11.2K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 17.2K Views

    स्थानीय तह निर्वाचन: एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, दुई पालिका जितेर एमाले अग्रस्थानमा

    काठमाडौं, ३१ वैशाख । स्थानीय तह निर्वाचनको मतगणनाका प्रारम्भिक रुझानमा नेकपा एमाले र पाँच दलीय गठबन्धनबीच तीब्र प्रतिस्पर्धा देखिएको छ ।

    images

    हालसम्म मतगणना शुरु भएको एकमात्र उपमहानगरपालिका बुटवलमा गठबन्धनले अग्रता लिएको छ । महानगरपालिका र अन्य उपमहानगरपालिकामा गणना शुरु भएकै छैन ।

    देशभर मतगणना भइरहेका स्थानीय तहको प्रारम्भिक रुझनामा गठबन्धन र एमालेका उम्मेदवारहरुले उत्तिकै संख्यामा अग्रता लिइरहेका छन् । केही सय मतगणनाको आधारमा आँकलन गर्न सकिने अवस्था छैन ।

    धुलिखेल र जनकपुर नगरपालिकामा कांग्रेसका बागी उम्मेदवारले अग्रता लिइरहदा बनेपा,सुर्यबिनायक,दमक,उर्लाबारी लगायतका नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

    गठबन्धनको बलियो मानिएको धादिङको गल्छी गाउँपालिकामा एमालेले अग्रता लिइरहेको छ भने प्रधानमन्त्री शेरवहादुर देउवाको गृहजल्ला अमरगढीमा कांग्रेसले अग्रता लिएको छ ।

    हालसम्म मतगणना सकिएका मनाङ र मुस्ताङका तीनवटा गाउँपालिकामध्ये एमालेले दुईटामा जितेर अग्रता लिएको छ । मनाङको चामे र मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेले जितेको छ भने मनाङको नार्पाभूमि गाउँपालिकामा कांग्रेस बिजयी भएको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप