• ट्रेण्डिङ्ग :
सल्यानको कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रबाट डिल्ली राना विजयी

सल्यानको कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रबाट डिल्ली राना विजयी


  • 8.4K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    सल्यानको कुमाख गाउँपालिका-१ मा माओवादी केन्द्रबाट डिल्ली राना विजयी

    काठमाडौं, ३१ वैशाख । सल्यानको जिल्लाको कुमाख गाउँपालिका १ माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल्ली राना विजयी भएका छन् । उनले ६ सय ८ मत ल्याएका छन् ।

    images

    कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालका अनुसार रानाका प्रतिद्वन्द्वी रहेका कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत ल्याएका थिए । १ सय २८ मतको फरक पार्दै राना विजयी भएका हुन् । यस्तै महिला, दलित महिला र दुई खुला सदस्यमा पनि माओवादी केन्द्रका विजयी भएका छन् । कुमाख गाउँपालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।

    कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मानबहादुर बुढाथोकीले ५ सय ५८ मत र माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवार डिल्लीराज जैसीले ५ सय १७ मत ल्याएका रिजालले जानकारी गराए । त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी धनसरा मल्लले ५ सय ५८ र एमालेका उम्मेदवार लालबहादुर रानाले ४८० मत ल्याएका छन् ।

    कुमाख गाउँपालिका १ मा कुल मतदाता १ हजार ७ सय ३९ रहेकामा १ हजार २ सय १४ मत खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप