काठमाडौं, ३१ वैशाख । पाल्पाको २ वटा नगरपालिका र ८ वटा गाउँपालिकामा मतगणना सुरु भएको छ । माथागढी ८ को मत परिणाम सार्वजनिक भइसकेको छ । पाल्पाको माथागढी गाउँपालिका ८ बहादुरपुरमा वडा अध्यक्ष दिल बहादुर ढेंगासहित सबै सदस्यमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन् ।
विजयी हुने महिला सदस्यमा लालीसरा ढेंगा, दलित महिला सदस्यमा माया विक,खुला सदस्यमा तिलबहादुर ढेंगा र मनिसरा ढेगा रहेका छ । विजेता वडा अध्यक्ष ढेंगाले ४१० मत प्राप्त गरे भने उनका प्रतिद्वन्दी नेकपा एमालेका नारायण सिंह थापाले ३०६ मत ल्याए। पाल्पाका सबै पालिकामा मतगणना सुरु भएको छ ।
