• ट्रेण्डिङ्ग :
वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसलाई सुरुआती अग्रता

वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसलाई सुरुआती अग्रता


  • 11.5K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 17.7K Views

    वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसलाई सुरुआती अग्रता

    काठमाडौं, ३१ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ ।

    images

    वडानम्बर १ को ५० मतगणना हुँदा कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रता लिएका छन् । दोस्रोमा राप्रपा रहेको छ ।राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत पाएका छन् भने । तेस्रोमा रहेकी एमालेकी मोहनमाया ढकालले ६ भोट पाएकी छन् ।

    यस्तै उपमेयरमा माओवादीकी उम्मेदवार शान्ति ढकालले अग्रता लिएकी छन् । उनले २३ मत पाएकी छन् । दोस्रोमा रहेका एमालेका नीलकण्ठ खनालले १० मत पाएका छन् । वीरेन्द्रनगरमा कांग्रेस र माओवादीको गठबन्धन छ । एमाले र एकीकृत समाजवादी एक्लै लडेको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप