• ट्रेण्डिङ्ग :
मकवानपुर गढी गाउँपालिकामा मतगणनाको क्रममा विवाद

मकवानपुर गढी गाउँपालिकामा मतगणनाको क्रममा विवाद


  • 7.4K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    मकवानपुर गढी गाउँपालिकामा मतगणनाको क्रममा विवाद

    काठमाडौं, ३१ वैशाख । मकवानपुर गढी गाउँपालिकामा मतगणनाको क्रममा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित गरिएको छ । 

    images

    सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनुअघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी नगराइने सहमति भए पनि उनलाई पछि जाँच नगरी भित्र पठाएको भन्दै विरोध भएपछि विवाद भएको हो ।

    तत्कालका लागि मतगणना रोकिएको छ । गणना स्थगित हुनुअघिसम्म गाउँपालिका–१ र ८ वडाको मतगणनामा सत्ता गठबन्धन अगाडि देखिएको थियो । एमालेका उम्मेदवार दोस्रोमा थिए ।

    वडा नम्बर १ को एक सय र वडा नम्बर ८ को २ सय मत गणना हुँदा गाउँपालिका अध्यक्षको गठबन्धनबाट नेपाली कांग्रेसका दोर्जे लामा स्याङतानले १ सय ७४ मत प्राप्त गरेका छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # स्थानीय निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप