• ट्रेण्डिङ्ग :
डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी


  • 8.0K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.4K Views

    डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्र विजयी

    काठमााडौं, ३१ वैशाख । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । एमाले, कांग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजय बने ।उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् ।

    images

    रोकायले ७ सय ७० मत ल्याएका छन् भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए । उपाध्यक्षमा निर्वाचित बोहराले ७ सय ५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत ल्याइन् ।

    ६ वडा रहेको यस गाउँपालिकाका २ वडा माओवादी केन्द्रले जितेको छ भने ४ वडा गठबन्धनले जितेको छ । एमालेले १, ३ र ६ नम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ४ र ५ नम्बर वडा जितेको छ । २ नम्बर वडा कांग्रेसले जितेको छ ।

    १ हजार ६ सय ९६ मतदाता रहेको जगदुल्लामा १ हजार ५ सय ३६ मत खसेको थियो । रोकाय २०७४ सालमा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

     

     

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप