काठमाडौं, ३१ वैशाख । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका कुल बहादुर श्रेष्ठ विजयी भएका छन् ।
उनी ७०५ भोट ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका युवराज वरालले ६६७ भाेट ल्याएका थिए । सदस्यमा पनि सबै कांग्रेसकै विजयी भएका छन् ।
उनी २०७४ सालकाे निर्वाचनमा पनि साेहि वडाबाट विजयी भएका थिए ।
