• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरमा बालेन र सुनीता अग्रता बढाउँदै

काठमाडौं महानगरमा बालेन र सुनीता अग्रता बढाउँदै


  • 7.2K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    काठमाडौं महानगरमा बालेन र सुनीता अग्रता बढाउँदै

    काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साहले ६७४ मतको अग्रता लिएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् ।

    images

    विहान सवा सात बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत ल्याएका छन् ।कांग्रेसकी सिर्जना सिंहले ८६४ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याएका छन् ।

    उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् । अहिले राष्ट्रिय सभागृहमा १,२,३,४ र ३२ वडाको मत गणना भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप