• ट्रेण्डिङ्ग :
बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी


  • 10.2K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 15.7K Views

    बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

    काठमाडौं, १ जेठ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्  । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए ।

    images

    गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका  प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याइन् ।

    यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका नरेन्द्र धामी बिजयी भएका छन् । वडा नम्बर २ मा कांग्रेसका हरिलाल बोहरा विजयी भएका छन् भने वडानम्बर ३ मा एमालेका गोरख बोहरा प्यानलसहित विजयी भएका छन्।

    यस्तै,  वडानम्बर ४ मा नेपाली कांग्रेसका जयसिंह रोकाया प्यानलसहित विजयी भएका छन् भने वडानम्बर ५ एमालेका जयपाल बोहरा प्यानलसहित विजयी भएका छन्।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • तेस्रो आँखा
    लेखकबाट थप